दफा ५२
अधिकार प्रचलन गराउन जिल्ला अदालतमा निवेदन दिन सक्ने
(१) दफा ५१ मा जुनसुकै कुरा लेखिएको भए तापनि अपाङ्गता भएका व्यक्ति, निजका परिवारका सदस्य वा संरक्षकले अपाङ्गता भएका व्यक्तिकोअधिकार प्रचलन वा निज प्रतिको दायित्व पूरा गराउन अपाङ्गता
भएका व्यक्ति रहे बसेको जिल्लाको जिल्ला अदालत समक्ष सोझै निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा जिल्ला अदालतले सो सम्बन्धमा आवश्यक जाँचबुझ गरी अपाङ्गता भएका व्यक्तिको अधिकारको प्रचलन गर्ने वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा गराउने सम्बन्धमा सम्बन्धित व्यक्ति वा निकायका नाउँमा उपयुक्त आदेश जारी गर्न सक्नेछ ।
(३) उपदफा (१) बमोजिम प्राप्त भएको निवेदन जाँचबुझ गर्दा परिवारको कुनै सदस्य वा संरक्षकले अपाङ्गता भएका व्यक्तिको अधिकारको उल्लङ्घन गरेको वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा गरेको नदेखिएमा अदालतले त्यस्तो परिवारकोसदस्य वा संरक्षकलाई अपाङ्गता भएका व्यक्तिको अधिकार र निज प्रतिको दायित्वको विषयमा आवश्यक जानकारी गराई अपाङ्गता भएका व्यक्तिको अधिकारको उल्लङ्घन नगर्न वा निज प्रतिको दायित्व पूरा गर्ने प्रतिवद्धता प्रकट गर्न लगाउनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिम आदेश जारी गर्दा जिल्ला अदालतले अपाङ्गता भएका व्यक्तिको अधिकार उल्लङ्घन गर्ने वा अपाङ्गता भएका व्यक्ति प्रतिको दायित्व पूरा नगर्ने व्यक्ति, संस्था वा निकायका प्रमुखलाई सचेत गराउन वा दफा ५५ बमोजिम सजाय गर्न र निजबाट मनासिब क्षतिपूर्ति भराउने आदेश गर्न सक्नेछ ।